श्री राधा उच्चा माविको लागि सहयोग
Click here to view this page in English.
श्री राधा उच्च मध्यामिक बिध्यालय जमुने तनहुँले यहि माघ २१ गते देखि २८ गते सम्म बिध्यालयको भौतिक तथा शैक्षिक स्तर विकास गर्ने महान उद्देश्यका साथ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धनधान्याञ्चल कार्यक्रम सन्चालन गर्ने भएकोले सम्पुर्ण शिक्षा प्रेमी महानुभावहरुलाई हार्दिक आमन्त्रण गरिन्छ ।
श्री राधा उच्च मध्यामिक बिध्यालय जामुने तनहुँले यस बिध्यालयको दस + २ तथा अग्रेजी माध्यम को प्राथमिक कक्षाहरु सन्चालनको लागि यहि माघ २१ गते देखि २८ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धनधान्याञ्चल कार्यक्रम आयोजना गर्दैछ। यो कार्यक्रम अर्थ सङ्कलन तथा ऐतिहासिक दृश्टिकोणले एकदमै महत्वपुर्ण घटना हो। त्यसैले हामि सबै मिलेर हाम्रो स्थानिय बिध्यालयको शैक्षिक तथा भौतिक विकासको लागि तन,मन र धन ले सहेग गरौ।
हाम्रा साथिहरुलाइ यो कार्यक्रमको लागि बिदेशमा बस्नुभएका जामुनेबासिहरु तथा शुभ्चिन्तखरुबाट नगद/चन्दा/ दान सङ्कलन्को लागि मूल समारोह समिती, श्री राधा उच्च मा बि बाट अख्तियारि प्रदान गरिएकोछ।
यो अभियान यहाँहरुको सकृय सहभागिता बिना सफल हुनसक्दैन।
हामी यहाँहरुको नैतिक र आर्थिक सहयोगको अपेक्षा राख्दछौ।
आउनुहोस, हामी सबै मीली यो अभियानलाइ सम्पुर्णरुपमा सफल पारौ।